You are viewing the translated version of तामेली राख्न सकिने.

Section 59
तामेली राख्न सकिने
(१) ऐनको दफा १३ बमोजिम प्राप्त उजुरी वा सूचना वस्तुनिष्ठ वा तथ्यपरक भएको नदेखिएमा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले सम्बन्धित सरकारी वकीलको परामर्श वा सहमति लिई त्यस्तो उजुरी वा सूचनालाई तामेलीमा राख्ने निर्णय गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम तामेली राखिएको उजुरी वा सूचनाको सम्बन्धमा पछि थप प्रमाण फेला परेमा वा पुनः उजुरी वा सूचना दर्ता भएमा त्यस्तो उजुरी वा सूचनाको विषयमा अनुसन्धान गर्न सकिनेछ।

(३) अनुसन्धान गर्ने कार्यालयले उपनियम (१) बमोजिम उजुरी वा सूचना .तामेलीमा राख्ने गरी निर्णय गरेको जानकारी सम्बन्धित उजुरीकर्ता वा सूचक संस्थाले माग गरेमा दिनु पर्नेछ।